wel come to www.refreshday.blogspot.com
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु सम्पर्क ठेगानाःsumankhadka30@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

मेमोरी पावर तेजिलो बनाउने उपाय


उचित र सही खानेकुराको सेवनबाट हाम्रो मस्तिष्कको कार्यक्षमता बढाउन सकिन्छ । खानेकुराबाट प्राप्त पोषक तत्व र अक्सिजन शरीरका हरेक रतmनलीहरुमा दौडिरहेको हुन्छ । यही क्रममा मस्तिष्कमा रहेका कोषहरुमा पनि अक्सिजन र पोषण आपूर्ति हुन्छ । निरन्तर एवम् पर्याप्त मात्रामा मस्तिष्कमा अक्सिजन र पोषणको  आपूर्ति भइरहेमा मस्तिष्कको कार्यक्षमता बढ्नुका साथै स्मरणशतिm पनि वृद्धि हुन्छ । यसका लागि निश्चित खाद्यपदार्थको सेवन गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ ।

माछा 

अमेरिकास्थित सिकागोको एक मेडिकल युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार माछा नखाने व्यतिmहरुमा भन्दा कम्तीमा हप्तामा एक पटक माछा खाने व्यतिmहरुमा स्मरणशतिm ह्रास हुने रोग १० प्रतिशतले कमी भएको थियो । पुरुष र महिला गरी ३ सय जनालाइ  ६ बर्षसम्म माछाको सेवन गराएर सो अनुसन्धान गरिएको थियो । 
    माछाको सेवन गर्नेहरुको स्मरणशतिm आफूभन्दा ३ वर्ष कम उमेरका व्यतिmको सरह पाइएको सो अनुसन्धानले देखाएको छ । विशेषगरि बढी चिल्लो पदार्थ भएको माछामा ओमेगा ३ को मात्रा पर्याप्त हुने हुदा हप्तामा तीन पटक यस्ता माछा सेवन गर्ने गरेमा स्मरणशतिm वृद्धि हुनुका साथै दिमागी कार्यक्षमता पनि बढ्छ । 
लेक टउट , वाइल्ड साल्मोन, प्यासिफिक ओइस्टर, एट्लान्टिक म्याकरल आदि माछाहरुमा मस्तिष्कको कार्यक्षमता बढाउनका लागि सेवनयोग्य मानिन्छन् ।  प्रशोधित दाना नखाई प्राकृतिक चरनमा चर्न पाएका कुखुराको अण्डा तथा ओखरमा पनि ओमेगा ३ तत्य पाइन्छ, तर माछामा जति भने पाइदैन । त्यसैले माछाको सट्टा यस्ता खाद्यपदार्थको सेवनले पनि स्मरणशतिm बढाउन केही मदत मिल्न सक्छ ।



कफी

कफीको सेवनले क्षणिक समयका लागि ध्यान केन्द्रित गर्ने र स्मरणशतिmमा तीव्रता ल्याउने अस्ट्यिाको एक युनिभर्सिटीले गरेको अनुसन्धानबाट स्पष्ट भएको छ । एमआरआई प्रविधिद्धारा गरिएको सो अनुसन्धानमा सामेल गराइएका व्यतिmहरुको मस्तिष्कको कार्यक्षमतामा तीव्रता आएको थियो ।
कफीले पुरुषभन्दा महिलामा बढी सकारात्मक प्रभाव पारेको पाइएको छ । किनकि कफीमा हुने तत्वलाइ उर्जामा बदल्ने क्षमता महिलामा बढी हुन्छ । त्यसैले महिलाका लागि कफी पिउनु लाभदायक छ । तर महिला हुन् या पुरुष , कोलेस्टेरोल बढी भएका व्यतिले भने कफी पिउन कमी गर्नुपर्र्छ ।

कोकाबिन 

लगभग ३ हजार बर्षअघि मेक्सिकोको एजटेक र मायन इन्डेनको समयमा काकाबिनलाई भगवान्को खानाका रुपमा लिइन्थ्यो । वास्तवमा यसले हाम्रो दिमागी क्षमता बढाउने हुनाले आज झ्न यसको महत्व बढेको छ । यसमा थियो ब्रोमाइन, एन्टिअक्सिडेन्ट, फलाभोनोइड्स, क्याटेचिन जस्ता तत्व हुने भएकाले मनमस्तिष्क स्वस्थ रहन मदत मिल्छ, जसले गर्दा दिमागको कार्यक्षमता बढ्छ ।
चकलेट पनि कोकाबाट बनाइन्छ तर ७५ प्रतिशतभन्दा बढी कोकाको प्रयोग भएको गाढा चक्लेट मात्र फाइदाजनक हुन्छ । चिनि, दुध चिल्लोजस्ता कृत्रिम पदार्थ बढी मिसाएर बनाएको चक्लेट लाभदायक मानिदैन । कोकाबाट बनेको चक्लेटले दिमाग फूर्तिलो बनाई स्मरणशतिm बढाउछ ।


बेरिज

अन्य फलफूलको तुलनामा बेरिज अर्थात् ऐसेलु, काफल, चोथ्रोजस्ता फलफूलजन्य पदार्थमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । त्यसमा पनि ब्लुबेरी अझ राम्रो मानिन्छ । यसमा एन्थोस्यानिन्स र फ्लाभानोल्स जस्ता तत्व पाइने हुनाले यसको सेवन गर्दा मस्तिष्ककोषहरु टुट्नबाट बचाउन सकिन्छ । साथै यस्ता प्राकृतिक तत्वहरुले स्नायुतन्तुलाइ बिग्रिन र सुन्निनबाट बचाउने अनुसन्धानले पता लगाएको छ ।
ब्लुबेरीमा पाइने फ्लाभोनोइड्स जनावरमा प्रयोग गर्दा मेमोरी पावर बढेकाले मानिसमा पनि यसले स्मरणशतिm बढाउने कुरा  अनुसन्धानकर्ताले जनाएका छन् । त्यसैले स्मरणशतिm बढाउन विशेषगरी ब्लुबेरीको सेवन उपयुतm मानिन्छ ।

ग्रिन टी

प्रशोधन गरिएको ब्लाक टीभन्दा हरियो चियापती ९न्चभभल तभब० मा ४ गुणा बढी एन्टिअक्सिडेन्ट, क्याटेचिन हुन्छ । क्याटेचिनमा ६३ प्रतिशत भ्न्ऋन्९भ्उष्नबिियअबतभअजष्ल न्बििबतभ० ११ प्रतिशत भ्ऋ९भ्उष्अबतभअजष्ल० ६ प्रतिशत भ्न्ऋ९भ्उष्नबष्यिअबतभअजष्ल० र ६ प्रतिशत भ्ऋन्९भ्उष्अबतभअजष्ल न्बििबतभ० हुन्छ । यस्ता तत्वले मस्तिष्कको कार्यक्षमता बढाई स्मरणशतिm बढाउछ ।
जापानिज अनुसन्धानकर्ताका अनुसार हरियो चियाले अल्जाइमरजस्तो मस्तिष्कमा हुने रोगलाइ समेत न्युन गर्न मदत गर्छ । त्यसैले अन्य चियाभन्दा ग्रिन टी पिउने गर्नु धेरै लाभदायक मानिन्छ ।

हरियो सागपात

हरियो सागपातमा फोलिक एसिडको मात्रा प्रशस्त पाइने हुनाले यसको सेवनले स्मरणशतिm बढाउने कुरा अस्ट्ेलियामा गरेको एक अनुसन्धानले देखाएको छ । साथै यसले मानिसको वैचारिक सक्रियतामा तीव्रता ल्याउछ । होमोसिस्टाइन को मात्रा बढी भएका व्यतिmको स्मरणशतिm कम हुने भएकाले  त्यस्ता व्यतिmका लागि फोलिक एसिडयुतm सागपातको सेवन अत्यन्तै लाभकारी हुन्छ । त्यसैले मेमोरी पावर बढाउन हरियो सागपातको सेवन महत्वपुर्ण मानिन्छ ।

यी उल्लिखित खाद्यपदार्थ स्वास्थ्यका लागि सेवनयोग्य पदार्थ हुन् । जसले दिमाग स्वच्छ स्वस्थ राख्छ, कार्यक्षमता बढाउछ, स्मरणशतिmमा वृद्धि गर्छ र बौद्धिक क्षमताको विकास गराउछ । तर चिनी पनि धेरै खाए तीतो हुन्छ भनेजस्तै जुनसुकै खाद्यवस्तु पनि अत्यधिक सेवन गर्दाचाहि नकारात्मक प्रभाव पर्न सक्छ ।

No comments:

Post a Comment