उचित र सही खानेकुराको सेवनबाट हाम्रो मस्तिष्कको कार्यक्षमता बढाउन सकिन्छ । खानेकुराबाट प्राप्त पोषक तत्व र अक्सिजन शरीरका हरेक रतmनलीहरुमा दौडिरहेको हुन्छ । यही क्रममा मस्तिष्कमा रहेका कोषहरुमा पनि अक्सिजन र पोषण आपूर्ति हुन्छ । निरन्तर एवम् पर्याप्त मात्रामा मस्तिष्कमा अक्सिजन र पोषणको आपूर्ति भइरहेमा मस्तिष्कको कार्यक्षमता बढ्नुका साथै स्मरणशतिm पनि वृद्धि हुन्छ । यसका लागि निश्चित खाद्यपदार्थको सेवन गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ ।
माछा
अमेरिकास्थित सिकागोको एक मेडिकल युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार माछा नखाने व्यतिmहरुमा भन्दा कम्तीमा हप्तामा एक पटक माछा खाने व्यतिmहरुमा स्मरणशतिm ह्रास हुने रोग १० प्रतिशतले कमी भएको थियो । पुरुष र महिला गरी ३ सय जनालाइ ६ बर्षसम्म माछाको सेवन गराएर सो अनुसन्धान गरिएको थियो ।
माछाको सेवन गर्नेहरुको स्मरणशतिm आफूभन्दा ३ वर्ष कम उमेरका व्यतिmको सरह पाइएको सो अनुसन्धानले देखाएको छ । विशेषगरि बढी चिल्लो पदार्थ भएको माछामा ओमेगा ३ को मात्रा पर्याप्त हुने हुदा हप्तामा तीन पटक यस्ता माछा सेवन गर्ने गरेमा स्मरणशतिm वृद्धि हुनुका साथै दिमागी कार्यक्षमता पनि बढ्छ ।
लेक टउट , वाइल्ड साल्मोन, प्यासिफिक ओइस्टर, एट्लान्टिक म्याकरल आदि माछाहरुमा मस्तिष्कको कार्यक्षमता बढाउनका लागि सेवनयोग्य मानिन्छन् । प्रशोधित दाना नखाई प्राकृतिक चरनमा चर्न पाएका कुखुराको अण्डा तथा ओखरमा पनि ओमेगा ३ तत्य पाइन्छ, तर माछामा जति भने पाइदैन । त्यसैले माछाको सट्टा यस्ता खाद्यपदार्थको सेवनले पनि स्मरणशतिm बढाउन केही मदत मिल्न सक्छ ।