wel come to www.refreshday.blogspot.com
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु सम्पर्क ठेगानाःsumankhadka30@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तपाईँकै कम्प्युटरका केही कुरा-जुन तपाईलाई थाहा नहु...


कम्प्युटर आफैंमा छिटो र छरितो काम गर्ने यन्त्र हो। तर कुनै पनि काम गर्न यसका पनि आफ्नै प्रक्रियाहरु हुन्छन् र फरक फरक कामका लागी किबोर्डका फरक फरक कि दबाउनु वा माउसका दाँया वा बाँयातर्फ क्लिक गर्नुपर्ने हुन्छ । तर यस्ता केही सर्टकट र प्रक्रियाहरु छन जसका मद्दतले कम्प्युटरमा २-३ स्टेप लगाएर गर्नुपर्ने कामलाई एकै क्लिकमा गर्न मिल्छ भने, साधारण अबस्थामा कम्प्युटरमा उपलब्ध नभएका केही नयाँ उपयोगहरुलाई कम्प्युटरमा सक्रिय गराउन सकिन्छ । यस्ता प्रयोगले कम्प्युटरलाई झनै छिटो र सरल बनाउँछन् । आजको यो पोस्टमा कम्प्युटर ‘कि’ र माउसको मद्दतले कामलाई छोट्याउन र केही नयाँ अनुप्रयोगहरुलाई सक्रिय गराउनेतर्फ केन्द्रित गर्दैछु । यि कुनै नयाँ कुरा होईनन्, तर सबैलाई थाहा नहुन भने सक्छन्:


PrtScrnPrint Screen को प्रयोग र स्क्रिनशट: हुन त कम्प्युटरमा भएका कुनै पनि ईमेजको स्क्रिनशट लिनकोलागि आजकल खोजेभन्दा बढी सफ्टवेयरहरु पाईन्छन् । तर विण्डोजको अपरेटिङ सिस्टममा आफैं र धेरै पहिलेदेखी यो सुविधा उपलब्ध छ। यदि तपाई कम्प्युटरमा देखिएका कुनै पनि चित्र, फाईल आदिको छिटो स्क्रिनशट लिन चाहनुहुन्छ भने आफ्नो कम्प्युटरको किवोर्डमा हेर्नुहोस। कम्प्युटर किवोर्डमा प्राय: माथीको लहरमा एउटा “PrtScrn” (वा Print Screen/ SysRq)लेखिएको कि हुन्छ (बायाँपट्टी चित्रमा हेर्नुस)। सो कि लाई दबाउने बित्तिकै तत्काल कम्प्युटर मोनिटरमा रहेको दृश्यको स्क्रिनशट तयार हुन्छ ।

यदि तपाई आफ्नो मोनिटरमा देखीएका कुनैपनि दृश्यको स्क्रिनशट लिन चाहनुहुन्छ भने किबोर्डमा “PrtScrn” दबाउनुहोस । अब ‘पेन्ट’ वा अरु कुनै ईमेज ईडिटर खोल्नुहोस र ‘पेस्ट’ दबाउनुहोस । भर्खरै मोनिटरमा देखिएको दृश्य अब चित्रको रुपमा देखिनेछ । यदि तपाई यो तरिकाबाट पुरै मोनिटरको नभै केवल सक्रिय विण्डो (Active window) को मात्रै स्क्रिनशट लिन चाहनुहुन्छ भने “PrtScrn” संगै “Alt” कि पनि दवाउनुहोस ।
Shift + Del को प्रयोग: हामी आफूलाई आवश्यक नभएका फाईल वा फोल्डरलाई किबोर्डमा भएको “Del” थिचेर डिलिट गर्न सक्छौं । यसरी डिलिट गरिएका फाईल-फोल्डरहरु रिसाईकलविनमा गएर बस्छन र जसलाई पून: निकालेर ‘जीवित’ पार्न सकिन्छ। तर यदि तपाई कुनै फाई-फोल्डरलाई रिसाईकलविनमा पनि नरहनेगरि हटाउन चाहनुहुन्छ भने कुनैपनि फाईल वा फोल्डरलाई डिलिट गर्ने बेलामा ‘Shift’ दबाउनुस (Shift र Del एकैपटक थिच्नोस वा किबोर्डमा ‘Shift’ थीच्दै माउसको प्रयोग गरेर डिलिटमा क्लिक गर्नुस) तपाईको फाईल-फोल्डर रिसाईकलविनमा पनि नरहेने गरि मेटिनेछन् ।
Ctrl+Home Ctrl+ End: तपाई कुनै वेबपेज हेर्दैहुनुहुन्छ वा कुनै वर्ड, एक्सेल जस्ता फाईलमा काम गर्दैहुनुहुन्छ । लामो पेजमा सबैभन्दा माथी वा सबैभन्दा तलको भागमा पुग्न माउस स्क्रोल गर्दै जान समय लाग्छ। यस्तो बेलामा यदि Ctrl+Home दबाउनु भयो भने तपाई सक्रिय वेपपेज वा फाईलको सबैभन्दा माथी पुग्नुहुन्छ भने Ctrl+ End दबाउँदा वेबपेज वा फाइलको सबैभन्दा तल ।
Shift + Right Click: सामान्यतया हामीले कुनै पनि फाईल व फोल्डरमा Right Click गर्नासाथ एउटा नयाँ मेनु खुल्छ । त्यसमा Copy, Paste, Properties आदि विभिन्न सब मेनु र टुलहरु हुन्छन् । तर यदि तपाइले कुनै पनि फाईल वा फोल्डरलाई Shift थिचेर मात्रै त्यसमा Right Click गर्नुभयो भने त्यो सब मेनु वा टुलहरुमा सामान्य अबस्थामा नदेखिने नयाँ अनुप्रयोगहरु देखिनेछन् । जसका मद्दतले तपाईको काम अझ सरल र छरितो हुनेछ । तलको स्क्रिनशट हेर्नुहोस (चित्रलाई ठूलो गरेर हेर्न त्यसैमा क्लिक गर्नुहोला, चित्र आफैं अर्को पेजमा खुल्नेछ)। फोल्डरमा Right Click र Shift+ Right Click गर्दा:
Comparison
फाईलमा Right Click र Shift+ Right Click गर्दा:
File Comparison
Ctrl + Middle click: आजकल प्राय: सबै माउसहरु Middle click वा स्क्रोलरलाइ क्लिक गर्न मिल्ने बनाईएको हुन्छ। माउसको यो Middle click बाट पेजहरु तलमाथि गर्न मिल्ने मात्रै हैन यसलाई किबोर्डका अरु किहरुसंगै एकसाथ चलाउँदा केही नयाँ कुराहरु पनि गर्न सकिन्छ ।
उदाहरणको लागि यदि तपाई कुनै वर्ड, एक्सेल वा वेबपेज हेर्दै हुनहुनुहन्छ र तपाईलाई सो पेजको फन्ट सानो ठूलो गर्नुछ भने किबोर्डमा Ctrl दबाएर माउसको स्क्रोलर वा Middle button लाई तल माथि गर्नुस। स्क्रोलरको गतिसंगै तपाईका पेजहरु ठूला-साना हुनेछन् ।
यो बाहेक यहि कम्बिनेशन वा Ctrl + Middle click को प्रयोगबाट तपाई डेस्कटप वा एक्सप्लोररमा रहेका फाईल वा फोल्डरका आईकोनहरुको आकार घटाउन वा बढाउन सक्नुहुन्छ ।नोट: आईकोनको आकार घटाउने-बढाउने काम भने विण्डोज एक्सपि भन्दा पछाडिका अवतार वा विण्डोज भिष्टा र विण्डोज सेवेन मा मात्रै लागुहुन्छ ।
Alt + Double Click: सामान्यतया कुनै फाइल वा फोल्डरको Properties हेर्न हामी सो फाईल वा फोल्डरलाई राईट क्लिक गरेर त्यसको Properties मा फेरि क्लिक गर्ने गर्छौं, तर यदि तपाईले कुनै पनि फाईल वा फोल्डरमा Alt दबाउँदै डबल क्लिक गर्नु भयो भने तपाई सिधै सो फाईल वा फोल्डरको

No comments:

Post a Comment