जिवन

बाट : सुमन खड्का(ME)
सुनेको थिए जिवन दुई आत्माको मिलन रे
जहाँ पवित्र माया प्रेम हुन्छ रे
सुनेको थिए जिवन घामछायाको दर्पण रे
जहाँ परिस्थिती अनुसार चल्नु पर्छ रे
सुनेको थिए जिवन मिलन र बिछोडको सँगम रे
जहाँ आँसु पिएर तिर्खा मेट्नु पर्छ रे
आखिर केही होइन रहेछ जिवन हाम्रो लागि
जहाँ बिष पिएर अमृत सम्झनु पर्छ भने
No comments:
Post a Comment